• Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np
In news,recentnews

कला निर्देशक भट्टराईलाई लाइफटाइम एचिभमेन्ट एवार्ड

एक भव्य समारोहबीच पहिलो पटक आयोजित एलजी फिल्म एवार्ड सम्पन्न भएको छ । भारतीय अभिनेता शत्रुघ्न सिन्हाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त एवार्डमा सिन्हाको बायोग्राफी लिखित पुस्तक ‘एनिथिङ बट खामोश’ को विमोचन पनि गरिएको थियो ।

lg-film-award-5

lg-film-award-3
गीत, संगीत, नृत्य एवं हास्यसहितको समारोहको थालनीमा चलचित्रका पुराना कलाकारहरूले पुरानै चलचित्रका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । शिव श्रेष्ठ, रवीन्द्र खड्का, रुबी राणा, सुष्मा कार्की, सुरज प्रजापति, गोविन्द राई, सम्पदा बानियाँ, भीम राना आदि कलाकारले गरेको नृत्यले दर्शकहरूको मन जितेको थियो ।
lg-film-award-2
समारोहमा चलचित्र क्षेत्रका पुराना कला निर्देशक उद्धवराज भट्टराई (जुँगे) लाई नगद ५० हजार रुपैयाँसहितको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरियो भने नायिका करिश्मा मानन्धरलाई दशककी नायिकाका रूपमा सम्मान गरियो ।
lg-film-award-9
उपराष्ट्रपति नन्दकिशोर पुनको सभापतित्वमा सम्पन्न समारोहमा गायक राजेशपायल राई तथा गायिका इन्दिरा जोशीको गायन आकर्षक रह्यो । जादुगर महादेव त्रिपाठीको जादुसहितको हास्य प्रस्तुतिले पनि दर्शकहरूलाई हँसाएको थियो।

lg-film-award-13
एवार्ड विजेतालाई पुरस्कृत गर्न समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई मञ्चमा बोलाइएको थियो ।
lg-film-award-4

lg-film-award-11

Please follow and like us:

Leave a Reply

Send Us Message

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Follow by Email
Facebook
Facebook
YouTube