• Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np
In news

सगरमाथामा हामी उठ्ने छौं को झण्डा

महाभूकम्पको पहिलो वार्षिकीमा पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले संसारकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा ‘हामी उठ्ने छौं’ को झण्डा फहराएका छन् ।

विश्वभर भूकम्पबाट थलिएको नेपाल फेरी उठ्ने छ भन्ने सन्देश प्रवाह गर्न उनले यो साहसिक कदम चालेका हुन् । नेपालको पुन: निर्माणमा संसारकै ध्यानाकर्षण होस् भन्ने यसको उद्देश्य रहेको उनले जनाए । सगरमाथाको दसौं आरोहणलाई फुर्वाले भूकम्पमा दिंवगत करिब ९ हजारप्रति समर्पित गरेका छन् ।

फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र सगरमाथाको ९ पटक सफल आरोहण गरेर कम उमेरमा सबैभन्दा बढी आरोहणको विश्व किर्तिमान बनाएका छन् । उनले सन् २००८ मा नेपाली महिला सम्मिलित आरोहण दलसँग मिलेर तीन दिनकै अन्तरमा सगरमाथाको दुईपटक आरोहण गरेका थिए ।

दोलखाको रोल्वालिङमा जन्मेका २८ वर्षीय शेर्पाले सन् २००४ मा येलापिक आरोहणबाट पर्वतारोहणको सुरुवात गरेका हुन् । उनले सन् २००७ मा जापानी टोलीसँग पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

नेपाली ‘समावेशी महिला आरोहण दल’ होस् वा सबैभन्दा पाको उमेरका मीनबहादुर शेरचन, उनीहरूले सफलतापूर्वक सगरमाथा आरोहण गर्दा फुर्वा त्यसको ‘क्लाइम्बिङ लिडर’ थिए । दुवै हात नभएका आरोही सुदर्शन गौतमलाई सगरमाथाको चुचुरोमा टेकाउनमा पनि उनको ठोस भूमिका थियो ।

दुईवर्ष अघि सगरमाथा आधार शिविर क्षेत्रमा गएको हिमपहिरोका कारण १६ जना शेर्पा आरोहीको मृत्यु भएको थियो । गतवर्ष भने भूकम्पका कारण आरोहण स्थगित गरियो ।

विगत दुई वर्ष देखि रोकिएको सगरमाथा आरोहणमा मिलेको सफलताले पुन: विश्वभर नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश गएको छ ।

Source: ekantipur

Leave a Reply

Send Us Message

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>