WWRF Video Challenge

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगितामा सहभागि हुन कुनै शुल्क लाग्दैन । तपाईले देखेको पर्यटकिय सम्भावना भएको कुनै ठाउँ, चाडपर्व, खानपिन, कला, संस्कृति लगायत विविध बिषयमा डकुमेन्ट्रि तयार गर्न सक्नु हुने छ । तपाईले भिडियो तयार गर्नु भन्दा अगाडी हाम्रो आधिकारीक वेवसाईट wwrf.org.np मा रहेको फर्म भरेर जानकारी गराउनु होला । आफुले निर्माण गरेको भिडियो गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर हामीलाई पठाउनु पर्नेछ । यो प्रतियोगिता २०१९ जनवरी १ देखि २०१९ मे ३१ तारिखसम्म चल्ने छ । प्रतियोगिता सम्बन्धि कुनै जानकारी चाहिएमा ९८१३२०७४८७ निर्मल श्रेष्ठ, ९८४१३५१८१८ मुकुन्द बोगटीलाई सम्पर्क राख्न सक्नुहुने छ ।
Notice:
WWRF NEPAL को पहिलो Video Competition 2019 अहिले को लागी समाप्त भएको छ।
सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा परेका भिडियो र सहभागी प्रतियोगीहरुको नाम यस प्रकार छ :
पब्लिक च्वाइस अवार्ड : १) छठ पुजा – कुमार भास्कर २) डगुरा थारु – कुलदीप न्यौपाने ३) दैलेख – टीएनएल प्रोडक्सन ४) जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स ५) लिग लिग पहिलो पाइला – सुदिप गिरी ६) मानुङ – आर्यन कुँवर ७) राइनास – बिक्रम न्यौपाने ८) रामारोशन – सन्तोष उपाध्याय ९) रोलिंग मोनास्ट्री – रेशम राज रोकाया १०) सन्दकपुर – सन्दकपुर नगरपालिका ११) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका १२) थाक ठिमी – संजोग थकाली बेस्ट स्क्रिप्ट राइटर १) छैलुङ – सुजाता गुरुङ २) मकै विवाह – भिमलाल श्रेष्ठ ३) मानुङ कोट – आर्यन कुँवर ४) सन्दकपुर इलाम – सन्दकपुर नगरपलिका ५) डगुरा थारु – कुलदीप न्यौपाने बेस्ट टेक्निकल/ सिनेमेटोग्राफर १) दैलेख – टिएनएल प्रोडक्सन २) जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स ३) मानुङ कोट – आर्यन कुँवर ४) राइनास – बिक्रम न्यौपाने ५) रेड च्यारीयट – दिनेश श्रेष्ठ वुमन भिडियो मेकर अफ द इयर १) बन्दीपुर – खुशी गुरुङ २) छैलुङ – सुजाता गुरुङ ३) जर्नी टु घुम्ते – सपना रोक्का ४) महाशिला – वर्षा बर्मा ५) ट्युन अफ झाक्री – देवकी विष्ट बेस्ट भिडियो अफ द इयर १) जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स २) राइनास – बिक्रम न्यौपाने ३) रामारोशन – सन्तोष उपाध्याय ४) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका ५) थाक ठिमी – संजोग थकाली अ फ्युचर स्टार १) जर्नी टु घुम्ते – सपना रोक्का २) जु जु धौ – सौगात बिष्ट ३) क्षितिमा माई – अशोक पाठक ४) मानुङ कोट – आर्यन कुँवर ५) तुवाचुङ – डोनाल्ड एचके मोस्ट पोटेन्सियल डेस्टिनेसन १) महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया २) पन्चदेवल जुम्ला – एलपी देवकोटा ३) रानीमहल पाल्पा – माधव अर्याल ४) सन्दकपुर् इलाम – सन्दकपुर नगरपालिका ५) ताजमहल – प्रविन खड्का मोस्ट इनर्जेटिक भिडियो मेकर १) माई भिलेज केशवटार – फल थापा २) रानीमहल पाल्पा – माधव अर्याल ३) सेतीदेवी, इलाम – विजय राई ४) थारु म्युजियम – विकास डिसी ५) उग्रतारा – एडभेन्चर वेस्ट होलिडे
पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने छ भने अवार्डको आगामी अषाढ १६ गते काठमाडौँको अन्नपूर्ण होटलमा आयोजना हुनेछ ।
‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय,अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर,
वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियारले छनोट गरेका छन् ।‘