online casino
news
  • Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np

Category Page: news

अप्ठेरोका सारथी ‘तुलसी’ जसले विदेशको कमाई जन्मभूमिलाई अर्पण गरे

आफ्नो गाउँका सबै घरधूरीलाई दिए नगद राहत

रोजिता बुद्धाचार्य । ‘हेलो सर, मेरो घर बर्दिया गुलरिया यहाँ लकडाउनको समयमा म भारतबाट आएकोले वडाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको छु…यहाँ वाइफाइ भएपनि घरमा फोन गर्न मोबाईलमा पैसा छैन । सरहरुले रिचार्ज अफर ल्याउनु भएको रहेछ, रिचार्ज गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

प्रस्तुतीः रोजिता बुद्धाचार्य

वि विल राइज फाउण्डेशनले गत चैत्र २० गतेदेखि लकडाउनको समयावधिभर मोबाइल रिचार्ज गर्न समस्यामा परेकाहरुलाई रु ५० देखिरु १०० रिजार्च उपलब्ध गराउने घोषणा गरेलगत्तै फाउण्डेशनका संस्थापक निर्देशक द्वय निर्मल श्रेष्ठ र खड्ग राजको मोबाइलमा अचेलदिनहुँ यस्ता सयौं सन्देशहरुको तछाँडमछाँड हुन्छ । हालसम्म करिब १७०० व्यक्तिलाई रिजार्च उपलब्ध गराउँदा मैले एउटै कुरा बुझें, ‘आखिरमा देश, घर र आमा भनेको आमा नै हुने रहेछ । दिनभर अथवा जिन्दगीभर अन्यत्र मन भुलेपनि दुःख पर्दा सबैभन्दा पहिले त्यहीआफ्नो देश र घरपरिवार सम्झेर मन भक्कानिने रहेछ, शितल छहारी दिने त्यही कोमल काख नै रहेछ । त्यसैले, हामी पहिलो मोबाइलकल पनि घरमा नै गर्छौं ।’ श्रेष्ठ भन्दै हुनुहुन्थ्यो, ठ्याक्कै फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङले थप्नुभयो, ‘त्यसैले त हामी भन्छौं जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ।

 

पूर्व ब्रिटिस गोर्खा सैनिक रहनुभएका वहाँ सन् १९८२ र १९८३ मा आयोजित हङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसशनको स्वर्ण पदक विजेता समेत हुनुहुन्छ भने सन् १९९३ मा अमेरिकामा आयोजित वल्र्ड तेक्वान्दोच्याम्पियनशिप र सन् १९९५ मा थाइल्यान्डमा आयोजित इस्ट एसियन गेम्सका आधिकारिक रेफ्री पनि हुनुहुन्छ । उनी हङकङ राष्ट्रियतेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक रहिसकेका छन् । अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दो (मार्सल आर्टस्) विधातर्फ यस किसिमको गरिमामय पद र उच्चतम सफलता हासिल गर्ने सम्भवतः उनी पहिलो एक मात्र नेपाली हुन् ।

विश्वभरका २१० ओटा मुलुकमा फैलिसकेको कोभिड १९ बाट हुनसक्ने सम्भावित स्वास्थ्यक्षति न्यूनिकरण गर्न नेपालले गत चैत्र ११गतेदेखि नै मुलुकभर लागू हुने गरी लकडाउन जारी गरेको थियो । यतिबेला आफ्नो घरपरिवार र प्रियजनलाई यस महामारीबाट जोगाउने एउटै उपाय भनेको आफू सजग, स्वस्थ, सुरक्षित र सकारात्मक रहने हो तर बढिरहेको लकडाउन समयावधिसँगै बढिरहेको भोको पेटले त्यसो नभन्ने रहेछ । ‘यस्तै समयमा त हो नि हामी एकजुट र अलिकति बढि अनुशासित हुनुपर्ने । हामी सबैले कम्तिमा आ–आफ्नो आमा–बुवा, घरपरिवार तथा गाउँठाउँको बारे सोच्ने हो र सकेको–बुझेको जिम्मेवारी बहन गर्ने हो भने यस बाध्यात्मक परिस्थितीबाट हामीअवश्य माथि उठ्न सक्छौं ।’ यसो भनिरहँदा, हङकङमा तेक्वान्दोतर्फ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक रहनुभएका वहाँ गुरुङले भर्खरैमात्र आफ्नी आमा काली गुरुङको हस्तकमलबाट गाउँलेहरुको सहयोगार्थ नगद रु. १० लाख गाउँका जानिफकार पूर्वप्रध्यानाध्यापक कृष्ण बहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।


तुलसी कुमार गुरुङकी आमा काली गुरुङले गाउँलेहरुको सहयोगार्थ नगद रु १० लाख गाउँका जानिफकार पूर्वप्रध्यानाध्यापक कृष्ण बहादुर गुरुङलाई हस्तान्तरण गर्नुहुँदै । तस्वीरः सुदर्शन रञ्जित (पोखरा)

‘म मादी गाउँपालिका, गण्डकी प्रदेश अन्तर्गतको वार्चोक गाउँमा जन्मेको हुँ । गाउँको सानो पोखरीमा पौडी खेल्दाखेल्दै वि.सं. २०३८ मा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीमै दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएँ । गाउँकै हावापानी, साथीभाईको हौसला र परिवारको मायाले वि.सं. २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्सल आटर्सतर्फस्वर्ण पदक सहित उत्कृष्ट फाइटरको उपाधि हासिल गरें ।’ पूर्वब्रिटिस गोर्खा सैनिक रहनुभएका वहाँ सन् १९८२ र १९८३ मा आयोजितहङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसशनको स्वर्ण पदक विजेता समेत हुनुहुन्छ भने सन् १९९३ मा अमेरिकामा आयोजित वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप र सन् १९९५ मा थाइल्यान्डमा आयोजित इस्ट एसियन गेम्सका आधिकारिक रेफ्री पनि हुनुहुन्छ । उनी हङकङ राष्ट्रियतेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक रहिसकेका छन् । अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दो (मार्सल आर्टस्) विधातर्फ यस किसिमको गरिमामय पद र उच्चतम सफलता हासिल गर्ने सम्भवतः उनी पहिलो एक मात्र नेपाली हुन् ।


तालिमकेन्द्रमा प्रशिक्षार्थीलाई मार्शल आर्टको कलाबारे जानकारी दिंदै तुलसी कुमार गुरुङ जसले

फ्नो गाउँका सबै घरधूरीलाई राहत रकम दिने आँट गरे

अहिलेको अवस्थामा गुनासो वा नकारात्मक प्रतिक्रियाभन्दापनि जो जहाँ छ, जसले जे जत्ति सक्छ, जसरी सक्छ, त्यसरी त्यही गर्ने हो । स–साना प्रयासहरुको हातेमालोले नै ‘बहूजन हिताय, बहूजन सुखाय’को श्रृङ्खला बन्ने हो ।’

‘आज म खेलकुद जगतमा जुन स्थानमा छु, मेरो कर्मको रेखा कोर्ने त्यही मेरो जन्मभूमि नै हो ।’ सायद त्यही मायाले दोहोर्‍याएर होला, तेक्वान्दोका ८ डान (ग्रान्डमास्टर) वहाँले वार्चोक गाउँ सहित मादी गाउँपालिका अन्तर्गतको तोगी, वार्चोक, पुरानो-भाचोक र भाचोकका १९५ घरधुरीलाई प्रतिघर रु. ५००० का दरले वितरण गर्ने गरी उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको साथै, पोखरा र काठमाडौंस्थित आफ्नो घरमा एक महिनाको घरभाडा मिनाहा गर्नुभएको ।


मादी गाउँपालिकाको वार्चोक स्थित तुलसी कुमार गुरुङको जन्मघर

अनि सायद त्यही मायाले दोहोर्‍याएर नै हो, वि.सं. २०७२ साल वैशाख १२ गते बारपाकको भूकम्पले थलिएको नेपाली र नेपाललाई सकेको सहयोग गर्न र सकारात्मक तरङ्ग–ऊर्जा सञ्चार गर्न जुझारु युवाहरु मिलेर ‘हामी उठ्ने छौं (वि विल राइज)’ अभियानको थालनी गर्नुभएको जसले स्थापनाकालदेखि निरन्तर नेपालमा शिक्षा, खेलकुद तथा पर्यटनसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ओझेलमा परेका तर पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका स्थान, पर्व, कला संस्कृति, जातियपहिचान, प्राकृतिक–धार्मिक–भूगर्भिक–सांस्कृतिक सम्पदाहरुको पहिचान र प्रर्वद्धन गर्ने उद्देश्ले आरम्भ भएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता यसकै एक ज्वलन्त उदाहरण हो ।

‘मानव इतिहासमा नै पहिलोपटक चन्द्रमामा पहिलो पाइला टेक्ने बित्तिकै अन्तरिक्षयात्री निल आर्मस्ट्रङ्गले ‘एक व्यक्तिका लागि एउटासानो पाइला, मानवजगतका लागि एक ठूलो फड्को’ भन्नुभएको थियो । अहिलेको अवस्थामा गुनासो वा नकारात्मक प्रतिक्रियाभन्दापनि जो जहाँ छ, जसले जे जत्ति सक्छ, जसरी सक्छ, त्यसरी त्यही गर्ने हो । स–साना प्रयासहरुको हातेमालोले नै ‘बहूजन हिताय, बहूजन सुखाय’को श्रृङ्खला बन्ने हो ।’ श्रेष्ठ सामाजिक सञ्जालमार्फत् गुरुङसित भलाकुसारी गर्दै हुनुहुन्थ्यो ।

मेरो मनमा भने ‘धन हुनेलाई मन देऊ, मन हुनेलाई सारथी बनाऊ’ कर्णप्रिय गायक कर्णदासको स्वर गुञ्जिरह्यो ।

अत्यन्त जरूरी सूचना !!!

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्ज २०२० मा भिडियो समावेश गर्ने अन्तिम मिति २६ चैत्र २०७६ (८ अप्रिल २०२०) तोकिएको भएतापनि पछिल्लोसमय कोरोना भाईरस(कोभिड १९) ले विश्वनै आक्रान्त भईरहेको परिप्रेक्ष्यमा अर्को सूचना जारी नभएसम्म भिडियो निरन्तर पठाउन सकिनेछ । यहाँहरूले पठाउनु भएका भिडियोहरू हामीसँगै सुरक्षित छन् । देशको परिस्थिति र समयानुकूल हेरेर प्रतियोगिताको फाईनल आयोजना गरिने समेत यसै सूचनामार्फत जानकारी गराउँदछौं । संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षित एवं सतर्क रहनुहोला ।
थप जानकारीका लागि…

निर्मल श्रेष्ठ
परियोजना संयोजक एवम्
संस्थापक निर्देशक
मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज
९८५११२०४८७

मुकुन्द बोगटी
संस्थापक निर्देशक
वी विल राईज फाउण्डेसन
९८४१३५१८१८

१,००० जनालाई रू. ५० को रिचार्ज

घरमै बसौं, सम्पर्कमा रहौं

तपाईको सम्बन्ध हामी जोडनेछौं …

कतै तपाईंलाई मोबाइल रिचार्ज गर्न समस्या परेको त छैन् ! छ भने संकटको साथी हामी बन्ने छौं । एकहजार (१,०००) जनालाई, रू. पचास (५०) को रिचार्ज हामी उपलब्ध गराउँनेछौं । कृपया कारण सहित एसएमएस गर्नुहोला ।

9823872115 (NTC), 9813207487(Ncell)

बिस्तृत खबर तल दिइएका वेबसाइटहरूमा पनि हेर्न सक्नु हुनेछ :

१. Khula Nepal (खुला नेपाल)

२. Live Mandu

 

५०० जनालाई रू. १०० को रिचार्ज

“हामी उठ्ने छौं”को ५०० जनालाई रु १०० निःशुल्क मोबाइल रिचार्ज ।

अत्यावश्यक परेकाले ब्यालेन्स राख्न अनुरोध गर्न निम्न नम्बरमा एसएमएस गर्नुहोला :

मोबाइल : ९८४१२८७१९८ (एनटिसी) ९८१३२०७४८७ (एनसेल)

बिस्तृत खबर तल दिइएका वेबसाइटहरूमा पनि हेर्न सक्नु हुनेछ :

१. Kharibot(खरीबोट)

२. Khula Nepal (खुला नेपाल)

३. Fresh News Nepal (फ्रेस न्युज नेपाल)

४. Live Mandu

 

कोरोना छिचोल्दै च्छो रोल्पा

संसारै कोरोना भाईरसको कहरमा थियो, नेपाल यसबाट अछुतो रहने कुरै भएन ।

तर हामीलाई कोरोनाको कहरले भन्दा दोलखास्थित रोल्वालिङ भ्यालीको सुन्दरताले लोभ्याइरहेको थियो । चैत्र ७ गते शुक्रबार झिसमिसेमै किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, महिला आरोही रोजिता बुद्धाचार्य, संचारकर्मी एवं ईभेन्ट म्यानेजर प्रभात रिमाल र म सहित चारजनाको टोली रोल्वालिङको सुन्दर सेताम्य हिमाल सम्झिदै रत्नपार्क हानियौं ।

पाँच बजे छेतछेतका लागि गुड्ने भनेको बस ५ः४५ सम्म टसका मस भएन । यात्राको पहिलो प्वाइन्ट भएकाले उत्सुकतापूर्वक बसभित्रै पहिलो सेल्फी खिचियो । बस भरिभराउ थियो । केहीबेरमै सिंहदरबार, कोटेश्वर, बनेपा, खाँडीचौर, चरीकोट, सिंगटी हुँदै बस हुईकियो । धुलिखेल पुग्दा नपुग्दै दूर क्षितिजमा सेताम्य हिमाल देखिन सुरु भइसकेका थिए ।

हो, हाम्रो गन्तव्य त त्यही क्षितिजमा देखिएको हिमाल चुम्नु थियो । कौतुहलता अझ बढेर गयो । सँगै सिटमा बसिरहनु भएका प्रभात दाई बेला –बेला मोबाईलबाट बाहिरको दृश्य कैंद गर्दै हुनुहुन्थ्यो । उहाँमा अझ बढी उत्सुकता किन पनि थियो भने रोल्वालिङ यात्राका लागि हामी सबैलाई हौंस्याउने उहाँ नै पहिलो हुनुहुन्थ्यो । दर्जनौं पाखापखेरी, हिमाल, पहाड, नदी छिचोल्दै साँझ करिब ४ः३० बजे हामी छेतछेत पुग्यौं जो हामी टे«किङ सुरु हुने पहिलो गन्तव्य थियो ।

फुर्वाले अघिल्तिरको ठाडै अग्लो पहाड देखाउँदै भने हामी यही बाटो हुँदै जानुपर्छ । १४ पटकसम्म सगरमाथा आरोहण गरीसकेका उनलाई यो पहाड हात्तीको मुखमा जिरा हुँदो हो । तर पहिलोपटक यति लामो टे«किङमा निस्किएको मेरो मुटु भने केहीबेर टक्क रोकिएको अनुभूति भयो ।

हाम्रो साथमा अर्की सगरमाथा आरोही रोजिता पनि थिइन । त्यसैले पनि हामी गन्तव्यमा पुग्नेमा ढुक्क थियौं । उनले केहीबेर अगाडीका गन्तव्यबारे बेलिविस्तार लगाइन । अनि हाम्रो यात्रा सिमिगाउँ तर्फ अघि बढ्यो । झोलुङ्गे पुल तर्दै गर्दा सुरुमै छो रोल्पा ताल बाट बग्दै आएको सङ्लो पानीले मन प्रफुल्लित बनायो । करिब १ः३० घण्टा ठाडै उकालो छिचोलेपछि दुई हजार मिटर उचाईमा अवस्थित सिमिगाउँ देखियो । वरपर बारीका कान्लामा गहुँ रोपिएका थिए । वरपर हरिया जंगल, माथिबाट देखिएको नागबेली सडक र स्वच्छ शान्त वातावरणले थकानै मेटायो । रोजिताको यो दोस्रो भ्रमण थियो ।

रोमाञ्चित देखिएकी उनले यो ठाउँलाई स्र्वगसँग दाँज्दै भौगोलिक, सांस्कृतिक धार्मिक र जातिय विविधता एकैठाउँ हेर्न सकिने नेपाल नै हो भन्दै व्याख्याइन । हाम्रो पहिलो दिनको बसाई सिमिगाउँ थियो । साँझ परिसकेको थियो । गौरीशंकर हिमाल अघिल्तिर उभिएर प्रभात दाईले वि विल राईज फाउण्डेसनका सबै सदस्यलाई सम्झिदै यो रेकी ट्रिपमात्र भएको र अर्कोपटक पुनः सबैजना आउनुपर्ने बताए ।

विहान सबेरै उठ्यो । चियानास्तापछि हाम्रो यात्रा क्याल्चेतर्फअघि बढ्यो । यात्रा सुरु मात्र के भएको थियो । राताम्यै लालीगुराँसका जंगलले हामीलाई स्वागत गर्यो । केहीबेर ती फूलतर्फ क्यामराका लेन्स तेर्सिए । सिस्नेरी, सुरमुचे हुँदै अघि बढेको करिब ९ घण्टाको पैदल यात्रामा रंगीबिरंगी लालीले पछ्याईरहे । यसको सुन्दरताले बाटो छिचोल्न सहज बनायो । उक्तदिन २,८१० मिटरमा रहेको क्याल्चेको बासपछि यात्रा बेदिङतर्फ मोडियो । गौरीशंकर हिमाललाई पछ्याउँदै अघि बढेको हाम्रो यात्रा सेताम्य हिमाल र छो रोल्पा किनार हुँदै साँझ बेदिङ पुग्यो जो हाम्रा नाइके फुर्वाको गाउँ थियो । वरवर हातैले छोउला झै लाग्ने हिमालले टोलीको मन रोमाञ्चित बनायौं । ब्याग बिसाएर सिधै फुर्वाको घर पुग्यौं । बुढी आमाले तातो चिया र उसिनेको आलुले स्वागत गर्नुभयो । चौरीको छुर्पी पिधेर बनाइएको चट्नी लोकल आलुसँग चोबेर खादाको स्वाद खै कसरी बयान गरुँ । आज थकान अलि बढी नै थियो ।

खानपिन सकिनासाथ निद्रादेवीले अंगालो मारिहालिन । बिहान करिब ६ बजेको हुँदो हो । चिम्सो आखाँबाट झ्यालबाहिर चिहाएको मात्र के थिए ती बन्दजस्तै आखाँ एक्कासी खुलेर आए । रातभरको हिमपातले बाहिरी दृश्य अघिल्लो साँझभन्दा विल्कुल फरक थियो । वरपरका डाडा र बेदिङ गाउँ नै सेताम्य भएर ढाँकिएका थिए । हामीले विरलै मात्र देख्ने गरेको यस्तो वातावरणले मनै रोमाञ्चित बनायो । बाहिर निस्कियौ । हिजो पैदल यात्रा गर्दै आएको बाटो पहिल्याउन मुश्किल थियो । चारैजना विस्तारै तल झर्यौं । हिउँसँग मज्जाले खेल्यौ । मन भरिने गरी तस्बिर खिच्यौं । बाक्लो हिउँका कारण आजको यात्रा ३,७२१ मिटर उचाईबाट अघि नबढ्ने पक्का थियो ।

अर्को दिन सबेरै नातर्फ लाग्यौं । अघिल्लो दिन परेको हिउँका कारण बाटो सहज थिएन । तरपनि मन प्रफुल्लित थियो किनकी हाम्रो लक्ष्य नेपालकै ठूलो हिमताल च्छो रोल्पासम्म पुग्नु थियो । ४,२०० मिटरमा अवस्थित सुन्दर ना गाउँमा हाम्रा सरदार फुर्वाद्धारा संचालित जोसेफ फुर्वा लजको एकदिने बसाईपछि घाम झुल्किनुअघि नै च्छो रोल्पातर्फ लाग्यौं । घाम चर्किएपछि हिउँ पग्लिने र सोहीदिन ना फर्किनुपर्ने चुनौती जो थियो । बाटो हिउँले सेताम्य थियो । फुर्वा र रोजिताजस्ता परिपक्व सरदार हामीसँगै रहेकाले हिमाली यात्रा सहज बनिरहेको थियो ।

२ घण्टाको हिडाईपछि थकान मेट्न केहीबेर सुस्ताइयो । फुर्वाले अघिल्तरको डाँडातर्फ औंला सोझ्याउँदै भने, ‘अब त्यति डाँडो उक्लानासाथ ताल देखिन्छ’, मनै रोमाञ्चित बन्यो । अनि टोली उनलाई पछ्याउँदै अघि बढ्यो । बाक्लो हिउँ जमेको डाँडो छिचोल्दै गर्दा थाहा लाग्यो यो पार गर्न हामीले सोचेजस्तो सहज रहेनछ । केहीबेर अघिको हाम्रो रोमाञ्चकता पुरै सेलायो । कतिपय ठाउँमा हिउँ हामीले कल्पनै नगरेको कम्मरसम्मै थियो । हिडाईले शरीर तातिएको भएपनि मन चिसो भएर आयो । लाग्यो, ‘कतै हिउँमै पुरिने त होईन…।’ उता फुर्वा भने निरन्तर ढाड्स दिइरहेका थिए ।

उनी अघि अघि बाटो बनाउँदै गर्दा हिउँ निरन्तर भाँसिएको थियो । हाम्रा टोलीका पाका प्रभात दाई अघि बढने कोशिस गरिहनु भयो तर हिउँ भासिने क्रम नरोकिएपछि केही जोर जलेन । ‘मलाई कर नगर, सकिन, म फर्कन्छु’, । फुर्वाले निरन्तर हिम्मत दिलाएपछि रोजिता र म भने अगाडी बढ्यौं । अन्तत हामी चुचुरो चुम्न सफल भयो । चुचुरोमा टेकेका मात्र के थियो, सेताम्य दही झै जमेको छो रोल्पा तालले मत्रमुग्ध बनायो । ‘वाउ, दिस ईज सो एम्याजिन’, ४,५८० मिटरको उचाईमा हामी तीनैजना तालै गुञ्जाएमान हुनेगरी एकैपटक चिच्यायौं ।

उक्त तालमा करिब डेढ घण्टाको समय बितेको पत्तै भएन । अनगिन्ती तस्बिर र भिडियो लियौं । किनकी यो यात्राको उद्देश्य हामी घुम्नु मात्र थिएन । ‘मेरो गाउँ, मेरो ठाउँ’, अभियानमार्फत विश्वलाई दोलखामा रहेको रोल्वालिङ भ्याली र यो तालका बारे वृत्तचित्रमार्फत चिनाउनु पनि थियो । सोही तालमा अघिल्तिर उभिएर हामीले त्यही आह्वान गर्यो जो विभिन्न क्षेत्रका तीनसय बढीले गरिसक्नुभएको छ ।

जब चिनिनेछ तपाईको आफ्नो गाउँठाउँ

तब खुल्नेछ तपाईको आफ्नो पहिचान

मौंका यही हो, आफ्नो गाउँठाउँलाई संसारभर चिनाउँने

मेरो गाउँ, मेरो ठाउँ

 

  •  शब्द/ तस्बिर – निर्मल श्रेष्ठ
  •  मङ्लबार, चैत्र १८, २०७६

मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्जको घोषणा

काठमाडौँ । वी विल राईज फाउण्डेसनको आयोजनामा हुन गइरहेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को शुक्रबार घोषणा भएको छ ।

मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज प्रतियोगिता दोस्रो पटक हुन लागेको हो ।

प्रतियोगिताको घोषणा समारोह नेपाल भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज वैधको प्रमुख आतिथ्यमा घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै बैद्यले यस अभियानले भ्रमण बर्षमा राम्रो योगदान गर्ने बताउदै सगरमाथा र बुद्धको देश मात्र भनेर चिनिन नहुने विचार व्यक्त गरेका थिए ।

यस अघि पहिलो प्रतियोगितामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु सहभागी भएका थिए । जसमा विभिन्न ८ विधाका विजेताहरुलाई एक कार्यक्रमको आयोजना गरेर पुरस्कृत गरिएको थियो ।

यसले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोग पुग्ने विस्वासकासाथ आयोजक वि विल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठले प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके यो आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

यस अभियानमा खरीबोट डट कम मिडिया सहयोगीको रुपमा रहेको छ ।