• Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np

Category Page: news

भिडियो च्यालेन्ज अभियानलाई प्रतिष्ठित व्यक्तिहरुको साथ

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियान जारी रहेको छ । वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जको घोषणा गरेको हो । 

भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

अहिलेसम्म सिनेमा, खेलकुद, सरकारका विशिष्ट व्यक्तिहरु र समाजका अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले यस अभियानको प्रचारमा सहयोग गर्दै आफ्नो भिडियो संदेश दिएका छन् ।

नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वरिष्ठ कलकार हरिबंश आचार्य, कलाकार निर्मल शर्मा, अभिनेत्री स्वेता खड्का, क्रिकेटर सोमपाल कामी, तेक्वान्दो खेलाडी दीपक विष्ट, मिस नेपाल शृंखला खतिवडा, क्याप्टेन विजय लामा, रेडियोकर्मी तथा निर्देशक दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालगायतले अहिलेसम्म अभियानको प्रचारमा आफ्नो भिडियो संदेश जारी गरेका छन् ।

कुनै अभियानका लागि समाजका विभिन्न क्षेत्रका यति धेरै प्रतिष्ठित व्यक्तिहरु एक ठाउमा आएको यो पहिलो पटक देखिएको छ । यस अभियानमा समाजका अझै प्रतिष्ठित व्यक्तिहरु जोडिदै जाने फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।


सातै प्रदेशमा कार्यक्रम :

वी वील राईज (हामी उठ्ने छौं) फाउण्डेसनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज आयोजनालाई देश ब्यापी बनाउन आजदेखि सातै प्रदेशमा कार्यक्रम गर्दै छ । यस अभियानको बारेमा थप जानकारी दिने उद्धेश्यले पहिलो चरणमा हेटौडा, नारायणघाट, बुटवलमा पत्रकार सम्मेलनको आयोजना हुदै छ । कार्यक्रममा अभिनेता निर्मल शर्मा, १३ पटक सगरमाथा आरोहीफुर्वा तेन्जिङ शेर्पा, सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य,  वी वील राईज फाउण्डेसनका निर्देशकहरु निर्मल श्रेष्ठ, मुकुन्द बोगटी र अनुप बराल सहभगी हुदै छन् l

कार्यक्रम हेटौडामा आज न्युज क्लब नेपालमा ३ बजे, त्यस्तै सोमबार नारायणघाटमा पत्रकार महासंघ चितवनको हलमा बिहान ११ बजे र सोमबार नै द्वारिका उदय सिनेमा हालको फुडकोर्टमा साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना हुदै छ l


ओझेलमा परेका गन्तव्यको प्रवर्धन प्रमुख उद्धेश्य :

देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने। यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ।

उनले भने, ‘यस्तो भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिनेछ। यसरी बनाइएका भिडियो आफ्नै गाउँ ठाउँको सम्पत्ति हुने भएकाले आवश्यक प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न सकिन्छ।’

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l

Source: https://www.kharibot.com/news-details/28258/2019-02-03?

Please follow and like us:

गन्तव्य प्रवर्द्धनमा भिडियो च्यालेन्ज

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज हुने भएको छ। वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्ज गर्दैछ। देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताए।

 

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने। यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। उनले भने, ‘यस्तो भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिनेछ। यसरी बनाइएका भिडियो आफ्नै गाउँ ठाउँको सम्पत्ति हुने भएकाले आवश्यक प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न सकिन्छ।’

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

‘देशैभरबाट संकलन भएको भिडियोलाई छनोटसहित काठमाडौंमा बृहत प्रकृतिको कर्याक्रम पनि गर्दैछौं’, फाउन्डेसनका सञ्चालन निर्देशक अनुप बरालले भने। यस्तो अभियानले कुनै पनि क्षेत्रको प्रवर्द्धनका निम्ति भिडियो बन्नेछ। जसले विजेता नभए पनि गाउँठाउँको पहिचान भने गराउने छ। भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ।

Source: http://annapurnapost.com/news/119395?

 

Please follow and like us:

पर्यटन समृद्धिका लागि प्रतियोगिता

(इटहरी, सुनसरी) — वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले पर्यटन समृद्धिका लागि शनिबार सुनसरीको इटहरीमा भीडीयो प्रतियोगिता सार्वजनिक गरेको छ । आफ्नो गाउँलाई पर्यटकीय थलो बनाउने अवधारणाअनुरूप देशभरिका पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

सगरमाथा आरोही पत्रकार पाँचथरकी देउराली चाम्लिङले फाउन्डेसनको यस सम्बन्धमा यो ११ औंं पत्रकार सम्मेलन भए पनि प्रदेश १ मा पहिलो भएको बताइन् । उनी फाउन्डेसनकी सदस्य हुन् । ‘यसबाट इटहरी र पूरा सुनसरीको पर्यटनको गरिमा बढेको छ,’ चाम्लिङले भनिन् । फाउन्डेसनले काठमाडौं, हेटौंडा, चितवन, बुटबल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, वीरगञ्ज, जनकपुर, इटहरी र दमकमा सम्मेलन गरिसकेको छ ।

आइतबारदेखि विराटनगर, पोखरा र तनहुँमा फाउन्डेसनले यो प्रतियोगिता सार्वजनिक गर्दैछ । यो क्रममा उसले २०७२ को महाभूकम्पपछि पर्यटन प्रवद्र्धनका लागि गरेका प्रयासहरूको बारेमा छोटो, मीठो र सन्देशमूलक भीडीयो समेत प्रदर्शन गरिरहेको छ ।

उक्त फाउन्डेसनका पदाधिकारीहरूले यसबारेमा जानकारी दिँदै सात वटै प्रदेशहरूबाट बढीभन्दा बढी सहभागिताका लागि आहान गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन बोर्डसँग सहकार्य गर्दै यो कार्यक्रमको घोषणा गरेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसका अनुसार आफ्नो गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान र कलालगायतका विषयलाई आधार बनाएर पाँच मिनेटसम्मको भीडीयो बनाउन सकिन्छ । ‘एउटा भीडीयोमा एउटा विषय समावेश गर्नुपछ,’ फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले भने । उनको अनुसार १ जनवरीदेखि प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीहरूले मार्चसम्ममा भीडीयो पठाउन सक्नेछन् । मेमा विजेताको छनौट हुने र जुनमा घोषणा गरिने श्रेष्ठले बताए । उनका अनुसार उत्कृष्ट ठहर भएका भीडीयोहरूलाई पर्यटन बोर्डको सहयोगले अर्को वर्ष टेलिभिजन च्यानलहरूमा प्रसारण गरिने हो । ‘यस्ता भीडीयो मोबाइलबाट पनि खिच्न सकिन्छ तर टीभीबाट प्रसारित हुने भएकाले एचडी स्तरको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘महँगा क्यामेराले खिचेर मात्र भएन, विषयवस्तु सशक्त हुनुपर्छ ।’ दुई दसकदेखि श्रेष्ठ पत्रकारितामा सक्रिय छन् ।

मुलुकका धेरै गाउँहरूमा पर्यटन विकासको सम्भावना भएको हुनाले त्यसको प्रचारप्रसारमा यो प्रतियोगिताले बल पुर्‍याउने फाउन्डेसनका अर्का संस्थापक निर्देशक मुकुन्द बोगटीले बताए । उनी लामो समयदेखि कान्तिपुर पब्लिकेसन्ससँग आवद्ध छन् । आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटीमा भीडीयो खिचेर डकुमेन्ट्री (सम्पादन, स्क्रिप्ट) समावेश गरी प्रतियोगितामा सामेल हुन सक्ने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार त्योभन्दा बढी गुणस्तरको भीडीयो भए पनि मान्य हुनेछ । पर्यटकको अत्यधिक आवागनम हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गरिएको भीडीयोलाई समेत प्रतियोगितामा समावेश गरिने फाउन्डेसनले जनाएको छ ।

अधिकतम पाँच मिनटको हुनुपर्ने भीडीयोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, बरिष्ठ साउन्ड विज्ञ प्रदीप उपाध्याय र पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकारी दीपक जोशी निर्णायक रहेका छन् । भीडीयो निर्माताले छनौट गरेको विषय बारेमा फाउन्डेसनको आधिकारिक बेबसाइट डब्लूडब्लूडब्लू डब्लूडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर भीडीयो च्यालेन्जको फर्म भरेर जानकारी गराउनुपर्ने फाउन्डेसनले जनाएको छ । सात वटै प्रदेशका नयाँ र पुराना पर्यटन क्षेत्रको प्रोत्साहनका लागि आयोजित यस भीडीयो प्रतियोगितामा नि:शुल्क सहभागी हुन सकिने फाउन्डेसनका संस्थापक निर्देशक बोगटीले बताए । निर्णायकहरूबाट छनौट भएका उत्कृष्ट भीडीयोहरूलाई प्रचारप्रसारका लागि फाउन्डेसनले आफ्नो युट्युब च्यानल र फेसबुक पृष्ठमा समेत राख्ने जनाएको छ । फाउन्डेसनका अनुसार सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भीडीयोलाई ‘पिपुल च्वाइस अवार्ड’ प्रदान गरिनेछ । उत्कृष्ट भीडीयोको छनौट भने निर्णायक समितिले नै गर्ने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार दुवै विधामा पहिलो हुने भीडीयोले १/१ लाख नगद पुरस्कार पाउनेछ । योबाहेक नेपाल फिल्म एकेडेमीले करिब २ लाख बरारबारको छात्रवृत्ति समेत दिनेछ । प्रतियोगितामो फस्ट रनर्स अप हुने भीडीयोले ५० हजार रूपैयाँ र सेकेन्ड रनर्सअप हुने भीडीयोले २५ हजार रूपैयाँ पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएको भीडीयो पनि २५/२५ हजार रूपैयाँ नगद पुरस्कार हात पार्नेछ । १ जनवरीबाट सुरु भएको यो प्रतिस्पर्धामा ४ महिनासम्म चल्नेछ । उक्त प्रतियोगिता घोषणा कार्यक्रममा पूर्वको नवोदित सहर इटहरीका सञ्चारकर्मी एवं व्यवसायी बाहेक प्रदेश १ का उच्च पदस्थ सरकारी कर्मचारी, बरिष्ठ पत्रकार र विभिन्न जिल्लाका जनप्रतिनिधिहरू समेत सहभागी थिए । १३ औं पटक सगरमाथा आरोहण गरी गिनिज वल्र्ड रेकर्ड बनाएका फूर्वा छिरिङ शेर्पाले कुरा काटेर हिँडनेभन्दा काम गरेर देखाउँ भन्ने चाहनाकासाथ फाउन्डेसनमा आवद्ध भएको बताए । उनी फाउन्डेसनका गुडविल एम्बेसडर हुन् । यो प्रतियोगिताले ओझेलमा परेका र चर्चामा रहेका पर्यटकीय क्षेत्रको उत्थानमा बेजोड सहयोग पुर्‍याउने कान्तिपुर दैनिकका बरिष्ठ उप–सम्पादक जितेन्द्र साहले बताए ।

उनले यसबाट डकुमेन्ट्रि निर्माणमा लागेका एवं रूचि भएका प्रतिभालाई करियरमा सशक्त ढंगले अघि बढ्न प्रेरणा एवं प्रोत्साहन मिल्ने बताए । स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं व्यावसायिक पर्यटनको दिशामा यो उदाहरणीय पहल भएको इटहरीको प्रतिष्ठित व्यवसायी शैलेस विष्टले बताए । ‘यहाँको पर्यटनलाई टेवा दिने गरी भीडीयो बनाउनेलाई मेरो पनि भरपुर सहयोग एवं सदभाव रहने छ,’ उनले भने ।

धनकुटा नगरपालिका–९, वेलाहाराका तन्नेरी वडा अध्यक्ष मनोज रायमाझी (सन्दिप) त बाहिरबाट थाहा पाएरै उक्त फाउन्डेसनको पत्रकार सम्मेलनमा सहभागी हुन आइपुगेका थिए । ‘निकै रचनात्मक कार्यक्रम लाग्यो,’ उनले भने, ‘म पनि आफ्नो वडा र नगरमा यसबारेमा जानकारी गराउँछु ।’ यति ठूलो प्रतियोगिताका लागि फान्डेसनले प्रदेश १ को यो सुन्दर इटहरी नगरीलाई पहिलो प्राथमिकतामा राख्नु नै गर्वको विषय भएको इटहरी जेसिजका कार्यकारिणी उपाध्यक्ष युवराज काफ्लेले बताए । पत्रकार सम्मेलनमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेल र सीटीईभीटीका उपसचिव सन्तबहादुर अधिकारी समेत सहभागी थिए ।
प्रकाशित : फाल्गुन ६, २०७५ १०:४९
Please follow and like us:

WWRF Video Challenge

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगितामा सहभागि हुन कुनै शुल्क लाग्दैन । तपाईले देखेको पर्यटकिय सम्भावना भएको कुनै ठाउँ, चाडपर्व, खानपिन, कला, संस्कृति लगायत विविध बिषयमा डकुमेन्ट्रि तयार गर्न सक्नु हुने छ ।
तपाईले भिडियो तयार गर्नु भन्दा अगाडी हाम्रो आधिकारीक वेवसाईट wwrf.org.np मा रहेको फर्म भरेर जानकारी गराउनु होला । आफुले निर्माण गरेको भिडियो गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर हामीलाई पठाउनु पर्नेछ ।
यो प्रतियोगिता २०१९ जनवरी १ देखि २०१९ मे ३१ तारिखसम्म चल्ने छ । प्रतियोगिता सम्बन्धि कुनै जानकारी चाहिएमा ९८१३२०७४८७ निर्मल श्रेष्ठ, ९८४१३५१८१८ मुकुन्द बोगटीलाई सम्पर्क राख्न सक्नुहुने छ ।

Notice:
WWRF NEPAL को पहिलो Video Competition 2019 अहिले को लागी समाप्त भएको छ।

 

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरेको छ  । मनोनयनमा परेका भिडियो र सहभागी प्रतियोगीहरुको नाम यस प्रकार छ :

पब्लिक च्वाइस अवार्ड :
१) छठ पुजा – कुमार भास्कर
२) डगुरा थारु – कुलदीप न्यौपाने
३) दैलेख – टीएनएल प्रोडक्सन
४) जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५) लिग लिग पहिलो पाइला – सुदिप गिरी
६) मानुङ – आर्यन कुँवर
७) राइनास – बिक्रम न्यौपाने
८) रामारोशन – सन्तोष उपाध्याय
९) रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०) सन्दकपुर – सन्दकपुर नगरपालिका
११) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२) थाक ठिमी – संजोग थकाली

बेस्ट स्क्रिप्ट राइटर
१) छैलुङ – सुजाता गुरुङ
२) मकै विवाह – भिमलाल श्रेष्ठ
३) मानुङ कोट – आर्यन कुँवर
४) सन्दकपुर इलाम – सन्दकपुर नगरपलिका
५) डगुरा थारु – कुलदीप न्यौपाने

बेस्ट टेक्निकल/ सिनेमेटोग्राफर
१) दैलेख – टिएनएल प्रोडक्सन
२) जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स
३) मानुङ कोट – आर्यन कुँवर
४) राइनास – बिक्रम न्यौपाने
५) रेड च्यारीयट – दिनेश श्रेष्ठ

वुमन भिडियो मेकर अफ द इयर
१) बन्दीपुर – खुशी गुरुङ
२) छैलुङ – सुजाता गुरुङ
३) जर्नी टु घुम्ते – सपना रोक्का
४) महाशिला – वर्षा बर्मा
५) ट्युन अफ झाक्री – देवकी विष्ट

बेस्ट भिडियो अफ द इयर
१) जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स
२) राइनास – बिक्रम न्यौपाने
३) रामारोशन – सन्तोष उपाध्याय
४) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
५) थाक ठिमी – संजोग थकाली

अ फ्युचर स्टार
१) जर्नी टु घुम्ते – सपना रोक्का
२) जु जु धौ – सौगात बिष्ट
३) क्षितिमा माई – अशोक पाठक
४) मानुङ कोट – आर्यन कुँवर
५) तुवाचुङ – डोनाल्ड एचके

मोस्ट पोटेन्सियल डेस्टिनेसन
१) महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया
२) पन्चदेवल जुम्ला – एलपी देवकोटा
३) रानीमहल पाल्पा – माधव अर्याल
४) सन्दकपुर् इलाम – सन्दकपुर नगरपालिका
५) ताजमहल – प्रविन खड्का

मोस्ट इनर्जेटिक भिडियो मेकर
१) माई भिलेज केशवटार – फल थापा
२) रानीमहल पाल्पा – माधव अर्याल
३) सेतीदेवी, इलाम – विजय राई
४) थारु म्युजियम – विकास डिसी
५) उग्रतारा – एडभेन्चर वेस्ट होलिडे
पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने छ भने अवार्डको आगामी अषाढ १६ गते काठमाडौँको अन्नपूर्ण होटलमा आयोजना हुनेछ ।
‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय,अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर,
 वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियारले छनोट गरेका छन्  ।‘
Please follow and like us:

Meeting with His Excellency Young-Sik Park, Ambassador of the Republic of Korea to Nepal.

 

 

 

 

A delegation of the We Will Rise Foundation (WWRF) paid a courtesy call on  on 18 July 2017. WWRF delegation handed over to Ambassador Park a sealed Letter of Congratulations addressed to His Excellency Moon Jae-In, President of the Republic of Korea, for transmission to its high destination.

WWRF had the honor to welcome President Moon Jae-In on 13 June 2016 during his visit to Nepal when he was a Parliamentarian.

 

WWRF had the honor to welcome President Moon Jae-In on 13 June 2016 during his visit to Nepal when he was a Parliamentarian.

WWRF had the honor to welcome President Moon Jae-In on 13 June 2016 during his visit to Nepal when he was a Parliamentarian.

——

In the photo H.E. Ambassador Park, Mohan K. Shrestha, Adviser to WWRF and former Ambassador to France and WWRF founding Directors Khadga P. Pariyar and Ashok Gurung.

Please follow and like us:

कला निर्देशक भट्टराईलाई लाइफटाइम एचिभमेन्ट एवार्ड

एक भव्य समारोहबीच पहिलो पटक आयोजित एलजी फिल्म एवार्ड सम्पन्न भएको छ । भारतीय अभिनेता शत्रुघ्न सिन्हाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त एवार्डमा सिन्हाको बायोग्राफी लिखित पुस्तक ‘एनिथिङ बट खामोश’ को विमोचन पनि गरिएको थियो ।

lg-film-award-5

lg-film-award-3
गीत, संगीत, नृत्य एवं हास्यसहितको समारोहको थालनीमा चलचित्रका पुराना कलाकारहरूले पुरानै चलचित्रका लोकप्रिय गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । शिव श्रेष्ठ, रवीन्द्र खड्का, रुबी राणा, सुष्मा कार्की, सुरज प्रजापति, गोविन्द राई, सम्पदा बानियाँ, भीम राना आदि कलाकारले गरेको नृत्यले दर्शकहरूको मन जितेको थियो ।
lg-film-award-2
समारोहमा चलचित्र क्षेत्रका पुराना कला निर्देशक उद्धवराज भट्टराई (जुँगे) लाई नगद ५० हजार रुपैयाँसहितको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरियो भने नायिका करिश्मा मानन्धरलाई दशककी नायिकाका रूपमा सम्मान गरियो ।
lg-film-award-9
उपराष्ट्रपति नन्दकिशोर पुनको सभापतित्वमा सम्पन्न समारोहमा गायक राजेशपायल राई तथा गायिका इन्दिरा जोशीको गायन आकर्षक रह्यो । जादुगर महादेव त्रिपाठीको जादुसहितको हास्य प्रस्तुतिले पनि दर्शकहरूलाई हँसाएको थियो।

lg-film-award-13
एवार्ड विजेतालाई पुरस्कृत गर्न समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई मञ्चमा बोलाइएको थियो ।
lg-film-award-4

lg-film-award-11

Please follow and like us:

Follow by Email
Facebook
Facebook
YouTube